दफा ९६
विक्षिप्त अभियुक्त हकदार वा संरक्षकलाई सुम्पिन सक्ने
: दफा ९३ बमोजिम हिरासतमा रहेको अभियुक्तको कुनै हकदार वा संरक्षकले आफ्नो रेखदेखमा राख्न वा जिम्मामा लिन निवेदन दिएमा त्यस्तो अभियुक्तको रेखदेख हुने, आपै वा अरू कसैलाई क्षति नपुयाउने र निर्धारित समय र मितिमा तोकिएको अधिकृत समक्ष जाँचको निमित्त उपस्थित गराउने कुरामा रक्षा मन्त्रालय सन्तुष्ट भएमा सो मन्त्रालयले निजलाई निजको हकदार वा संरक्षकलाई सुम्पन सक्नेछ ।